नेपालमा ओमिक्रोनको ‘सव–भेरियन्ट’ बी.ए.२ सक्रिय

<span class='c1'>नेपालमा ओमिक्रोनको ‘सव–भेरियन्ट’</span> <span class='c2'>बी.ए.२ सक्रिय</span>

काठमाडौं । नेपालमा समुदायस्तरमा ओमिक्रोन बी.ए.–२ संक्रमण फैलिएको दावी छ ।

ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ संक्रमण सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठनले जनाएको हो । ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताएका हुन् । नेपालका जनस्वास्थ्यविदले पनि संक्रमण फैलाउनका लागि ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ को ठूलो भूमिका रहेको बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्‍याण्डम स्याम्पलिङ विधिबाट पुस महिनामा कोरोना पोजेटिभ आएका १ हजार १४६ नमूना संकलन गरिएको थियो । त्यसको एसजिन स्त्रिmनिङ गर्दा २५० वटा अर्थात २२ प्रतिशत नमूनामा ‘एसजिन नेगेटिभ’ आयो । एसजिन नेगेटिभ आएका २५० मध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गरिएको थियो, सबै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।
त्यसको झन्डै दुई हप्ताको अन्तरालमा माघ ९ गतेसम्म आइपुग्दै गर्दा जिन सिक्वेन्सिङ गरिएकामध्ये ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनायो । तर, त्यसबेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘एस जिन पोजिटिभ’ आएका नमूनाको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

धुलिखेल अस्पतालका जेनेटिक ल्याब प्रमुख प्रा.डा. राजिव श्रेष्ठका अनुसार ओमिक्रोनका तीन प्रजाति छन् । जसमा बी.ए १, बी.ए २ र बी.ए ३ छन् । जसमध्ये नेपालमा बी.ए ३ पुष्टि भइसकेको छैन ।
ओमिक्रोनको बी.ए १ मा ‘एसजिन नेगेटिभ’ आउँछ । तर, बी.ए २ मा ‘एस जिन पोजिटिभ’ देखिन्छ । दुबई, युके लगायतका देशबाट आएका मानिसले ओमिक्रोनको बी.ए १ भित्राएका थिए । तर, भारतमा बी.ए २ फैलिपछि त्यसको प्रभाव नेपालमा पनि देखिएको हो ।
‘ओमिक्रोनको सबै सबभेरियन्टमा लक्षण समान नै हुन्छ । तर, स्पाइक प्रोटिनमा बी.ए १ भन्दा बी.ए २ को म्युटेसनको क्षमता बढी हुने बताइन्छ । अहिलेको नमूनामा बी.ए २ भेटिएको छ । यसले के जनाउँछ भने नेपालमा संक्रमण फैलाउन बी ए २ को ठूलो भूमिका छ ।
सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले २३ पुसमा २२ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको तर, त्यसको दुई हप्तामा नै कूल नमूनामध्ये ८८ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइएको बताए । अस्पताल आएका बिरामीको समस्या सुन्दा ओमिक्रोनको अर्को प्रजातिले संक्रमण बढाइरहेको थियो ।

ओमिक्रोन संक्रमितहरुमध्ये धेरैले स्वर परिवर्तन, घाँटीमा केही चिज अड्केको जस्तो अनुभव र नाकबाट पानी बग्ने स्थिति थियो । डा. पुनले ओमिक्रोन सबभेरियन्ट बी.ए १ नेपालमा हुँदा धेरै मानिसहरु अस्पताल नआएको बताउनुभयो । तर, माघको पहिलो हप्ताबाट अस्वाभाविक लक्षण लिएर विरामी अस्पताल आएको चिकित्सकहरुको बुझाई छ ।
ओमिक्रोनको सबभेरियन्टहरुमा खासै गम्भीरता वा घातक नभएको अध्ययन अनुसन्धान देखाएको छ । तर, बी.ए १ भन्दा बी.ए २ बढी संक्रामक छ । ओमिक्रोनको सबभेरियन्ट बी.ए १ देखिँदा अस्पतालमा बिरामी भर्ना भएनन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ता अहिले सबभेरियन्ट बी.ए २ फैलिरहेको बताउँछन् ।
जनस्वास्थ्यविद् डा. किरण पाण्डे ओमिक्रोनको बी. ए १ भन्दा बी. ए २ बढी संक्रामक रहेको बताउँछन् । नयाँ प्रजाति आउँदा बढी संक्रामक भएर देखिन्छ । कम संक्रामक हुने भए हराएर जान्छ । संक्रामक बढी भएका कारणले ओमिक्रोनको बी. ए १ लाई बी. ए २ विस्थापित गरिसकेको बुझाई चिकित्समा छ ।
जनस्वास्थ्यविद्हरुका अनुसार नै ओमिक्रोनको सबभेरियन्टले बी ए २ कारणले नै अस्पतालमा भर्ना भएका तथा मृत्यु भएका केसहरु बढिरहेका छन् । स्वास्थ्य मन्त्रालयका तथ्यांकले के प्रष्ट हुन्छ भने माघको पहिलो साताबाट अस्पतालमा भर्ना हुने मृत्यु हुने संख्या बढिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्