सुरु भयो प्रेम सप्ताह, कसरी मनाउने प्रेम दिवस (मनोरंजन विशेष)

<span class='c1'>सुरु भयो प्रेम सप्ताह, कसरी</span> <span class='c2'>मनाउने प्रेम दिवस (मनोरंजन विशेष)</span>

विराटनगर । सामाजिक संजालमा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको चहलपहल सुरु भईसकेको छ । प्रेम दिवस मनाउनु अगाडी विभिन्न ‘डे ’ हरुबाट सुरुवात गरिन्छ । प्रेम दिवसलाई साप्ताव्यापी रुपमा मनाईसकेपछि मात्र प्रेम दिवसमा विशेष हुने गरेको प्रेम जोडीहरु बताउछन् ।

हरेक दिन यसको आफ्नै महत्व रहेको छ, जसले तपाईंको प्रियजनहरूलाई खुसी राख्न वा मनाउन विभिन्न कारण दिन्छ । मानिसहरू आफ्ना प्रियजनहरूका साथ केही गुणस्तरको समय खर्च गर्न तत्पर हुन्छन् र सदाको लागि पुरानो सम्झनाहरू बनाउँदछ । यसै दिनलाई विभिन्न मूलुकमा प्रेम दिवस, पवित्र दिवस, प्रणय दिवस जस्ता विभिन्न नामले मनाउने चलन छ ।

२०औं सताव्दीपछि विश्वभरि नै यस दिनलाई एउटा उत्सवकै रूपमा मनाउन थालिएको छ । प्रेम दिवसको दिन खासगरी युवायुवतीहरुले एकअर्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने दिनका रुपमा उपयोग गर्दछन् । युरोपेली मूलुकहरुमा बस्ने क्याथोलिक र रोमन समुदायका नागरिकले भने भेलेंटाइन डेको दिनलाई विशेष र भिन्न रुपमा मायाको पर्वको रुपमा मनाउने गर्दथे । तर पछिल्लो समयमा आएर विश्वभर यस दिनलाई प्रेम दिवसका रुपमा मनाउन थालिएको हो । भेलेंटाइन डेको दिन युवायुवतीहरुले आफ्ना प्रेमीप्रेमिकाहरुलाई रातो गुलाफको फुल उपहारका रुपमा आदान–प्रदान गरेर प्रेम दिवस मनाउँदछन् ।

के तपाई प्रेम दिवस मनाउदै हुनुहुन्छ यसरी मनाउनुहोस : 

रोज डे :


हप्ताको सुरुवात अर्थात ७ औं फेब्रअरीको दिन देखी सुरु हुने यो दिवस पहिलो दिन रोज डे मनाईन्छ । यस दिन युवायुवतीहरुले आफ्ना प्रेमीप्रेमिकाहरुलाई रातो गुलाफको फुल उपहारका रुपमा आदान–प्रदान गरेर प्रेम दिवस मनाउँदछन् । तर एक उपहार दिन अघि, तपाइँलाई थाहा छ कि गुलाब धेरै रंगहरुमा हुन्छ । उदाहरणका लागि, रातो गुलाबहरू प्रेमको लागि खडा हुन्छ भने पहेंलो गुलाब साथीहरूको लागि हुन्छ । तपाईं कुन सन्देश पठाउन चाहनुहुन्छ भन्ने आधारमा सावधानीपूर्वक गुलाब छनौट गर्नुहोस् :

प्रपोज डे : 


हप्ताको दोस्रो दिन फेब्रअरी ८ प्रपोज डेको रूपमा मनाईन्छ । यो दिन आफुले मन पराएको व्यक्तिलाइ निर्धक्क भएर आफ्नो प्रेम प्रस्ताव राख्न सकिन्छ । हुन त बर्षदिन भरि मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्न भ्यालेन्टाइनको पर्पोज डे नै कुर्ने कमै होलान तै पनि यस दिन अली विशेष दिन भएकाले पर्पोज गरेको प्रेम प्रस्ताव स्विकृत हुन्छ भन्ने विस्वास रहदै आएको छ ।

चक्लेट डे : 


हप्ताको तेस्रो दिन फेब्रअरी ९ तारिखमा चक्लेट डेको रूपमा मनाईन्छ । यस दिन अली फरक ढंगले मनाईने गर्दछ चक्लेट लगायतका मिठामिठा परिकार खुवाएर आफुले मन पराएको व्यक्तिको मन जित्ने गरिन्छ । जसले गर्दा एक आपसमा मायारप्रेम र सद्भावको वृद्वि हुन्छ ।
टेड्डी डे


हप्ताको चौंथो दिन फेब्रअरी १०. टेड्डी डेको रूपमा मनाईन्छ । प्राय हरेक प्रेमीप्रेमिकाहरुलाई टेड्डी अर्थाक गुडिया मन पर्ने गर्दछ । एकदमै नरम , मुलायम र कोमल प्रकारको बस्तु हो । माया कोमल हुने भएकाले कोमलताको प्रतिकका रुपमा टेड्डी अर्थाक गुडिया दिने चलन छ । बजारमा बिभिन्न आकार प्रकारका सुन्दर टेड्डीहरु पाइन्छन् ।

प्रोमिस डे :


प्रोमिस डे फेब्रअरी ११ मा अर्थात हप्ताको पाचौं दिनमा मनाईने गरिन्छ । मायामा विश्वास दिलाउनको लागि प्रोमिसको जरुरी पर्दछ । हरेक प्रेमीप्रेमिकाहरु जीवनभर साथ निभाउने प्रोमिस गरेको हुन्छ तर यस दिन गरेको प्रोमिसको अर्थ नै बेग्लै हुन्छ भन्ने बिश्वास छ ।

हग डे:


हग डे फेब्रअरी महिनाको १२ औं दिनमा मनाईने गरिन्छ । हग गर्नेलाइ हामी अँगालोमा बाधिने भन्ने बुझ्छौ । यो दिन आफुले मन पराएको व्यक्तिसंग न्यानो अगालोमा बाधीएर एक आपसमा मायाको अनुभुती प्रकट गर्ने गरिन्छ । यस दिनलाई मायामा विश्वासको कदम बलियो बनाउने र जति कसिलो अगालोमा बाध्नु भयो तपाइको माया त्यति कसिलो हुन्छ भन्ने बिश्वास छ ।

किस डे : 


किस डे १३ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेको एक दिन अगाडि मनाउने गरिन्छ । यस दिनलाई चुम्वन दिवस पनि भन्ने गरिन्छ । किस गरेर माया प्रदर्शन गर्ने एउटा माध्यम पनि हो । यस दिनमा प्रेमी प्रेमीका बिच आफ्नो मायालाई सुमधुर र बलियो बनाउनको लागि चुम्बन पनि निकै नै महत्वपूर्ण भुमिका रहेको हुन्छ । आफ्नो मायालाइ व्यक्त गर्ने आधारको रुपमा रहेको चुम्वनको माध्यमबाट पनि मायाको प्रदर्शन गर्न गरिन्छ।

भ्यालेन्टाइन : 

आठौ दिन या नि कि अन्तिम दिन १४ फेब्रअरीमा भ्यालेन्टाइन डे मनाउने गरिन्छ । फेब्रअरी १४ एक महत्वपूर्ण दिनको रुपमा चिनिन्छ । यस दिन माया गर्नेहरुको लागि यो एउटा अवसर भएकाले यस दिनमा प्रेमी प्रेमीकाहरू एक आपसमा खुलेर एक अर्कालाइ खुशी पार्न तल्लिन हुन्छन् । ठुल्ठुला र महङगा उपहारका ठेली भन्दा पनि जीवन भर याद दिलाइ राख्ने उपहारहरु एक अर्कामा अर्पण गर्ने गर्दछन । यो दिन माया गर्नेहरुको इतिहासमा भिन्न अर्थपूर्ण रहेको हुन्छन् र कयौं युवायुवतीले अरु दिन व्यक्त गर्न नसकेका मनका भावनाहरु व्यक्त गर्दछन् ।
सुरु सुरुमा प्रेम दिवस प्रेम व्यक्त गर्ने दिनको रुपमा लिइन्थ्यो । परिर्वतन धेरै भईसक्यो ,अब त्यो अवस्था विद्यमान छैन । अवत प्रेमलाई अनिवार्य मानेर मनाईने उत्सवमा परिवर्तन भएको छ । प्रविधिको विकास सँगै प्रेमपनि प्राविधिक रुपमा साटासाट बन्दै गएको छ । हाम्रै देशमा सञ्चारको विकास र विस्तारले प्रेम चिठिमा होईन एसएमएस, भिडियो तस्बिर मा साटिन थालेको छ । इन्टरनेटमा बढ्दो पहँचले प्रेमील श्रृखला विकासको प्रारुपमा फेरबदल गरिदिएको छ ।


प्रेमलाई अनिवार्य, शाश्वत सत्य ,पवित्र ठान्नेहरु, प्रेमलाई पुजा आरधना पुन्य ठान्नेहरु फेरी अर्को एक दिन व्यस्तताको विचवाट प्रेमउत्सव मनाउने क्रममा छन । प्रेमको अविछिन्न इतिहासको उत्सवयुक्त श्रृखलाले भ्यालेण्टाईन डे को प्रेमलाई जिवन ठान्नेहरु प्रति हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्