इरानको आणविक सम्झौताबारे भियनामा छलफल हुने

<span class='c1'>इरानको आणविक सम्झौताबारे</span> <span class='c2'>भियनामा छलफल हुने</span>

इरानसँगको सन् २०१५ मा गरिएको भनिएको आणविक सम्झौतका बारेमा आजदेखि भियनामा छलफल हुने भएको छ ।

सो कुराको जानकारी युरोमियन युनियनको कूटनीतिक सेवाले जानकारी दिएको छ । सो सेवाले दिएको जानकारी अनुसार भिएनामा आज यस विषयमा छलफल हुन लागेको हो ।

उक्त सम्झौताको बृहत कार्ययोजनाका विषयमा यसका साझेदारहरुका बीचमा मंगलबार कुराकानी हुने बताइएको हो । उक्त सम्झौतको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र त्यस सम्झौतमा अमेरिकी संलग्नतका बारेमा पनि कुराकानी हुने सो सेवाले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।

यस सम्झौताको सही कार्यान्वयनका लागि समय समयमा आवश्यक छलफल भएको भए पनि इरानका कारणले समस्या उत्पन्न भएको अमेरिकाले जनाएको छ । तर, इरानले भने अमेरिका सो सम्झौताबाट उम्किन खोजेको भन्दै अमेरिकाकै कारणले सो सम्झौताको कार्यान्वयन हुन नपाएको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्