मृत्युको शैयामा पुगेका विरामीको विराट मेडिकल कलेज टिचिङ हस्पिटलद्धारा सफल उपचार

<span class='c1'>मृत्युको शैयामा पुगेका विरामीको विराट मेडिकल</span> <span class='c2'>कलेज टिचिङ हस्पिटलद्धारा सफल उपचार</span>

विराटनगर । मोरङको बुढीगंगामा-२ रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले मृत्युको शैयामा पुगिसेका एक विरामीको सफल उपचार गरेको छ ।

भोजपुर ट्याम्के मुगु गाँउपालीका ९ का ४७ बर्षिय बलबहादुर परियारलाई सुरुमा जन्डिस भएको थियो । जन्डिस भएपछि धरान लगायत विराटनगरका विभिन्न अस्पतालहरुमा धाए तर परियारलाई झन साहे हुन थालेपछि मोरङको बुढीगंगा गााउँपालीका टंकीमा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा भर्ना गराए । उनलाई माघ ९ गते हस्पिटलमा भर्ना गराए । उनलाई विराट मेडिकल कलेज टिचिङ हस्पिटलका जी आई सर्जन डाक्टर नरेन्द्र पण्डित र समिर भट्टराई लगायतको टिमले उपचार गरेका थिए ।

चिकित्सकका अनुसार अन्य हस्पिटलमा सामान्य रुपमा जण्डिस भएको भन्दै उपचार गरेको पाईयो तर यहाँ ल्याईसकेपछि मात्र थाहा भयो उहाँको कलेजोमा क्यान्सर भईसकेको रहेछ । मेडिकल भाषामा उनको यो रोगलाई ‘प्यानक्रिया को क्यान्सर भनिन्छ । तर हाम्रो टिमले १५ दिनभित्र मृत्युको मुखमा पुगेका विरामीलाई अप्रेशसन गरेर निको बनाउन सफल भयौ डाक्टर समिर भट्टराईले भन्नुभयो ।

हस्पिटलले परियारलाई सोमबार नै डिस्चार्ज गरीसकेको छ । चिकित्सकका अनुसार यस्तो खालको रोग बढी मात्र मध्यापान र धुम्रपान गर्दा यस्तो रोग लाग्ने हुन्छ । बल बहादुर परियार भर्खरै वैदेशिक रोजगारी मलेसियाबाट आएका थिए । उनका एक श्रीमती र २ छोरो २ छोरी रहेका छन् । यस अघि पनि विराट मेडिकल कलेज टिचिङ हस्पिटलले विभिन्न जटिल किसीमका विरामीहरुको सफल उपचार गरिककेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्