विराट मेडिकल कलेजमा ‘ब्याचलर अफ फिजियोथेरापी’ पढाई सुरु गर्ने

<span class='c1'>विराट मेडिकल कलेजमा ‘ब्याचलर अफ</span> <span class='c2'>फिजियोथेरापी’ पढाई सुरु गर्ने</span>

विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले ब्याचलर अफ फिजियोथेरापी (विपीटी) शैक्षिक कार्यक्रम अध्यापन सुरु गरेको छ । नेपालमै कम मात्रै पढाई हुने विपीटी कोर्षलाई बिराटले पूर्वमै पहिलो पटक भित्र्याएको हो ।

देशव्यापी आवश्यकता रहेको फिजियोथेरापीको जनशक्ति नेपालमा कम छ । जनशक्ति उत्पादनका लागि अध्ययनको अवसर समेत कम भएका बेला बिराटले काठमाण्डौं यूनिभर्सिटीको शैक्षिक कार्यक्रम सुरु गर्न लागेको डा.हेमसागर रिमालले जानकारी दिनुभयो ।
विश्वविद्यालयले फिजियोथेरापीका लागि लिइएको प्रवेश परीक्षामा ३० जना भन्दा कम उत्तिर्ण भएपछि यसपटक आफैं विद्यार्थीलाई अध्यापन गराउने भएको छ । तर, आगामी छ महिनापछि पुनः भर्ना खुल्ने विपीटी कार्यक्रमका लागि विराटले आवश्यक पर्ने सबै तयारी पूरा गरेको डाक्टर रिमालले जानकारी दिनुभयो ।

बृद्धावस्थादेखि बालबालिकासम्मलाई आवश्यक पर्ने फिजियोथेरापीको सेवा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण बन्दै गएको छ । अर्थोपेडिक सर्जरीपछि जोर्नी तथा मांसपेशीमा हुने समस्या, बालबच्चामा हुने सेभरल पाल्सी, डिस्सएबीलिटी जस्ता समस्यामा फिजियोथेरापीको आवश्यकता खड्कदै गएको छ । जसका लागि जनशक्ति अभाव हुँदा पालो कुर्नुपर्ने बाध्यता रहेको छ । शैक्षिक संस्था तथा अस्पतालहरुमा अतिआवश्यक भईसकेको फिजियोथेरापीको पढाईका लागि सुविधासम्पन्न मेडिकल कलेजले तयारी गरेको हो ।
यो जनशक्तिको तालिम तथा पढाई अहिले काठमाण्डौंमा मात्रै हुँदै आएको छ । नेपालमा अहिले रहेका जनशक्ति अधिकांश भारतबाट तालिम तथा अध्ययन गरेर फर्केका मात्रै रहेका छन् । विराट मेडिकल कलेजले ३० जनालाई विपीटी पढाई गर्ने कोटा पाएको छ । चारवर्षे कोर्षमा अभ्यासगत पढाई हुनेछ । विराटका डाक्टर रिमालले आवश्यक संरचना, शिक्षक, टिचिङ्ग मेटरियल, तालिमका लागि आवश्यक पर्ने सामाग्रीको प्रवन्ध अस्पतालले गरिसकेको बताउनुभयो ।

मेडिकल कलेज भएका कारण सबै किसिमका स्वास्थ्य समस्याको उपचारका लागि विभागहरु हुने भएकोले विराटमा अध्ययन गर्ने विद्यार्थी पोख्त भएर मात्रै निस्कने दावी गरिन्छ । सेमेस्टर प्रणालीमा विश्वविद्यालयले परीक्षा लिने भएकोले अन्य स्वास्थ्य कार्यक्रमहरु अध्ययन गरे सरह नै विदार्थीले मेहनत पनि गर्नुपर्नेहुन्छ ।
यसैगरी बिराटले बिएसी नर्सिङ्गको चारवर्षे कोर्ष समेत सुरु गरेको छ । सेवा मात्रै नभएर शैक्षिक कार्यक्रम भएका कारण बिएसी नर्सिङ्ग अध्ययन गर्ने विद्यार्थीमा नेतृत्वको विकास समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्