विराटनगर । पछिल्लो २४ घण्टामा थप ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार थप ५ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
१० हजार १ सय १५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
६ हजार ३७ जनाको पिसिआर गर्दा ४ सय २७ र ४ हजार ७८ जनाको एन्टिजेन परीक्षण ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन् , भने ३ हजार ९ सय ३५ जना निको भएका छन् ।