विराटनगरमा ९ सहित प्रदेश १ मा १२८ जनामा कोरोना संक्रमण

<span class='c1'>विराटनगरमा ९ सहित प्रदेश १</span> <span class='c2'>मा १२८ जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४५३ जनाको पिसिआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा २१, झापामा १६, सुनसरीमा ११, इलाम, तेहृथुम र पाँचथरमा २–२ , खोटाङ, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ९, उर्लाबारीमा ४, बेलबारी र सुन्दरहरैचामा २–२, रंगेली, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको दमक र शिवसताक्षीमा ४–४, विर्तामोड र गौरादहमा ३–३, हल्दिबारी र कनकाईमा १–१, सुनसरीको इटहरीमा ६, धरानमा ३, इनरुवा र भोक्राहानरसिंहमा १–१, तेहृथुमको फेदाप र आठराईमा १–१, पाँचथरको फाल्गुनन्द र फिदिममा १–१ , खोटाङको ऐसेलुखर्क, उदयपुरको कटारी र संखुवासभाको मकालुमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२ महिला र ३० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा २ महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १ हजार ४५५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्