ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

<span class='c1'>ब्राजिलमा भारी वर्षा जारी,</span> <span class='c2'>बाढीको प्रकोप कायमै</span>

ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ ।

छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले जनाएका छन् । ती अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ वर्षा जारी रहेकाले बाढीको खतरा कायमै रहेको छ ।

यहाँ छ दिनदेखि जारी रहेको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म १५२ पुगेको बताइएको छ । यी दुई सहरका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण यहाँका सडक, विजुली तथा अन्य आधारभूत पूर्वाधारहरु पनि भत्किएका छन् ।

आइतबार छैठौँ दिन पनिपनि वर्षा जारी रहेको र यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले जानकारी दिएका छन् । बाढीमा परेर कम्तीमा पनि १६५ जना हराइरहेका बताइएको छ । पहिरो गएको क्षेत्रमा ५०० भन्दा बढी अग्निनियन्त्रकहरू काम गरिरहेका र ४० वटा स्निफर कुकुरहरूले बेपत्ताको खोजी गरिरहेका थिए।

रियो डि जेनेरियो राज्यका गभर्नर क्लाउडियो क्यास्ट्रोका अनुसार गत मङ्गलबार जारी वर्षा सन् १९३२ पछिको सबैभन्दा खराब थियो । त्यसैगरी बाढी तथा डुबानका कारण दर्जनौँ घर क्षतिग्रस्त भएका र हजारौँलाई विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ । विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्