ओखलढुंगा र उदयपुरमा रुखबाट लडेर २ जनाको मृत्यु

<span class='c1'>ओखलढुंगा र उदयपुरमा रुखबाट</span> <span class='c2'>लडेर २ जनाको मृत्यु</span>

विराटनगर । ओखलढुंगा र उदयपुरमा घास काट्ने क्रममा रुखबाट लडेर २ जनाको मृत्यु भएको छ ।

बिहिबार दिउसोकरिब ११ बजे ओखलढुङगा चिशंखुगढी गाउपालिका वडा ३ दियाले बस्ने ६३ बर्षीय बिर बहादुर आलेमगर घर नजिकै आफ्नै बारीमा रहेको टुनिको रुखमा घास काट्ने क्रममा लडेर गम्भिर घाईते भएका थिए । घाईते मगरको दिउसो साढे १ बजे मिसन अस्पताल ओखलढुंगा पुर्याई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो ।

यसैगरी बिहिबार बेलुका करिब ५ बजे उदयपुर त्रियुगा नगरपालिका वडा १० करमगाछि बस्ने ५५ बर्षीया कालुमाया राई त्रियुगा नगरपालिका ११ बरुवा समुदायिक बनमा घाँस काट्ने क्रममा भोर्लाको रुखबाट लडि घाईते भएकी थिईन । घाईते राईको उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्