विराटनगर । कोरोना भाईरस विरुद्धको तेस्रो डोज बुस्टर विराटनगरवासी लगाउन सुरु गरिएको छ ।
कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा लगाएका नगरवासीहरुलार्ई महानगरपालीकाले आईतबार देखी खोप लगाउन सुरु गरेको हो ।
विराटनगर महानगरपालीकाले १९ वटै वडाका स्वास्थ्य केन्द्रहरुमा आज आईतबार र भोली फागुन २३ गते सोमबार बुष्टर डोज लगाउने भएको छ ।
कोभिशिल्डको खोप लगाएर ६ महिना पुरा गरेका व्यक्तिहरुलाई बुस्टर डोज खोप लगाउन सुरु गरिएको विराटनगर महानगरपालीकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना विरुद्धको खोप लगाउन आफ्ना नागरिकहरुलाई अनिवार्य गरेको छ ।