लेटाङ घटनामा प्रहरी हत्याको दोषीलाई कारबाही गर्ने प्रधानमन्त्री देउवाकाेद्धारा प्रतिबद्धता

<span class='c1'>लेटाङ घटनामा प्रहरी हत्याको दोषीलाई</span> <span class='c2'>कारबाही गर्ने प्रधानमन्त्री देउवाकाेद्धारा प्रतिबद्धता</span>

विराटनगर । मोरङको लेटाङमा भएको महिला प्रहरीको हत्यामा सलग्न दोषीलाई कारवाही गर्ने प्रधानमन्त्री देउवाले बताउनु भएको छ । सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न पुग्नु भएका प्रधानमन्त्री देउवाले महिला प्रहरी हत्याका दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गयराती स्थानीय र प्रहरीबिच दोहोरो झडप भएको थियो । विद्यालयका शिक्षकले १२ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको बिषयप्रति आक्रोशित स्थानीयले आक्रमण गर्न खोज्दा अवस्था नियन्त्रणमा लिने क्रममा प्रहरीसँग झडप भएको थियो । झडपमा परी प्रदर्शनकारीको अन्धाधुन्द आक्रमणका कारण गयराती प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान समेत गएको थियो ।

स्थानीय आन्दोलनकारीको आक्रमणपछि भएको झडपमा २८ जना प्रहरी र ७ जना प्रदर्शनकारीहरु घाइते भएको मोरङ प्रशासनले जनाएको छ । प्रशासनका अनुसार अवस्था पुनः पनि असामान्य बन्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै लेटाङमा चार किल्ला सीमानाभित्र सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालिन कफ्र्यु लगाईएको छ ।

घटनापछि उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राख्दै लेटाङको वडा नं. ३ र ४ को गंगोचोक तथा कमलपुर क्षेत्र, वडा नं. ५ को सम्पुर्ण क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पुर्वमा मोरङे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रमा कफ्र्यु आदेश गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

यो पनि पढनुहोस : मोरङको लेटाङमा भीडले आक्रमण गर्दा एकजना प्रहरी जवानको मृत्यु, मोरङका एसपी जिसीसहित १८ जना घाईते

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्