सवारी साधन दुर्घटना हुँदा अमेरिकामा तीनको मृत्यु

<span class='c1'>सवारी साधन दुर्घटना हुँदा</span> <span class='c2'>अमेरिकामा तीनको मृत्यु</span>

अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार बिहान १०:३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा कार, ट्रक, ट्याक्टर लगायतका झण्डै ६० सवारी साधन परेका थिए । हिउँ आँधीका कारण दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा परी अरु २० जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्