अवैध लागुऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागुऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१० कुन्टीटोलबाट करिब ३ सय ६० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बराहताल गाउँपालिका-२ बस्ने २३ वर्षीय लक्ष्मण दर्लामी मगर लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट लाटिकोईली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्