अब मोबाइलमा कुरा गर्न रूख चढ्नु पर्दैन

<span class='c1'>अब मोबाइलमा कुरा गर्न</span> <span class='c2'>रूख चढ्नु पर्दैन</span>

गलेश्वर । म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो ।

नजिकमा टेलिकमका टावर नहुँदा नेटवर्कको खोजीमा उपभोक्ता घरका धुरी तथा रूख चढ्ने गर्दथे । यसरी धुरी र रूख चढ्नु उनीहरुको बाध्यता थियो । अब भने उपभो क्ताले मोबाइलमा कुरा गर्न धुरी र रुख चढ्नु पर्दैन ।

नेपाल टेलिकमले धौलागिरि गाउँपालिका–५ मल्कबाङको धुरीमा टावर निर्माण गरेपछि फोन गर्न सहज भएको हो । टेलिकमले टुजी र थ्री जी सेवा एकसाथ सञ्चालनमा ल्याएको छ । “दुर्गम गाउँमा टेलिफोनका लागि निकै कठिन थियो, सूचना आदानप्रदान गर्न, आफन्तलाई खबर गर्न र सरकारी कामकाज गर्न र गराउन घण्टौँ पैदल यात्रा गरी सम्बन्धित ठाउँमा पुग्नु पथ्र्यो, तर अब सजिलो भएको छ,” स्थानीयवासी थम्मन थापाले भन्नुभयो ।

टावर स्थापनापछि धौलागिरि गाउँपालिका–५ मल्कबाङ, मलम्पार, भेडीखाल्टा, होपा, वडा नं ६ को मराङ, बुल गाउँ, रघुगङ्गा गाउँपालिका–८ कुइने खानी तथा मालिका गाउँपालिका–७ बिमको अधिकांश भूभागमा सहजै मोबाइलमा कुरा गर्न सकिने भएको छ । टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरुप दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो ।

टेलिकमले अहिले टुजीमार्फत भ्वाइस र थ्रीजीमार्फत भ्वाइस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको छ । उहाँले भन्नुभयो, “दुर्गम स्थानमा कुराकानी गर्न सहज भएको छ, इन्टरनेटमा उनीहरुको पहुँच पुगेको छ ।” सबै बस्ती र भूभाग समेट्ने गरी टावर निर्माण गरिएको शर्माको भनाइ छ ।

नेपाल टेलिकमसँगको सहकार्यमा स्थायी संरचना निर्माण गरी मोबाइल सेवा पुनः सञ्चालन गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुुभयो । टेलिकमले उक्त टावरमार्फत फोरजी मोबाइल सेवा उपलब्ध गराउन काम अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्