विराटनगरबाट अवैध लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

<span class='c1'>विराटनगरबाट अवैध लागु औषध ब्राउन</span> <span class='c2'>सुगर सहित १ जना पक्राउ</span>

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौँ महानगरपालिका-२ का ३६ बर्षीय राजु महर्जन रहेका छन । बिहिबार बेलुका करिब ६:३० बजे इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका महर्जनको साथबाट १० ग्राम ९८ मिलिग्राम ब्राउन सुगर र नाईट्रोसन २० चक्की बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका महर्जनको सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्