विराटनगरको मेयरमा नागेश कोईराला फाईनल, भोलि उम्मेदवारी दिने

<span class='c1'>विराटनगरको मेयरमा नागेश कोईराला</span> <span class='c2'>फाईनल, भोलि उम्मेदवारी दिने</span>

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्ति विराटनगरको मेयरमा सत्ता गठबन्धनबाट नागेश कोईरालाले टिकट पाएका छन् ।

लामो समयको छलफलपछी आईतबार दिउँसो नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष रहेका कोईरालाले मेयरको टिकट पाएका हुन् । उनको पक्षमा डा. शेखर कोईरालाले लबिङ गर्दै आएका थिए । विराटनगरको मेयरको टिकट दौडमा पार्टी सभापति शेरबहादुर देउवाले अमृत अर्याल र कृष्णप्रसाद सिटौलाले यसअघिका मेयर भीम पराजुलीलाई अघि सार्दै आएका थिए । तर, शेखरको प्रस्तावमा नेताहरू बिमलेन्द्र निधि र सशांक कोइराला पनि सकारात्मक देखिएपछि नागेश कोईरालाले मेयरको टिकट पाएका हुन् । केन्द्रको निर्णयानुसार कोईरालाले महानगर प्रमुखको टिकट पाएको नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईंले बताए । उनले भने, 'अबको केहीबेरमै सहमति सहितको पत्र आउँछ ।'

गठबन्धनबाट मेयरको नाम टुंगो लागेपनि उपमेयरको नाम अझै फाईनल भएको छैन् । उपमेयर पाएको जसपाले उपमेयरका लागि केन्द्रमा छलफल भईरहेको जनाएको छ । जसपाबाट विराटनगरको उपमेयरमा भने भुराज राई, अमरेन्द्र यादव र सदिना खातुनको नाम सिफारिश गरिएको छ । सम्भवतः बेलुकासम्म निष्कर्ष आउने बताईएको छ । गठबन्धनले भने सोमबार मनोनयन दर्ता गर्ने तयारी गरेको बुझिएको छ ।

#OBElectionUpdates

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्