विराटनगर महानगर प्रमुखमा ३ जना सहित अन्य पदमा ५१ जनाको उम्मेदवारी

<span class='c1'>विराटनगर महानगर प्रमुखमा ३ जना सहित</span> <span class='c2'>अन्य पदमा ५१ जनाको उम्मेदवारी</span>

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनका निम्त्ति मोरङको विराटनगरमा साँझ ५ बजेसम्म ५१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार महानगर प्रमुखमा ३, वडाध्यक्षमा १७ र वडा सदस्यमा ३१ जनाले मनोनयन दर्ता गराएका हुन् । महानगर प्रमुखमा स्वतन्त्र रुपमा उमेश यादव र सक्रिय गौतम तथा जनमत पार्टीबाट अरुण कुमार मण्डलले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उनले उम्मेदवारी दर्ता हुने क्रम जारी रहेको जानकारी दिए । उनले भने, ‘मनोनयन हुने क्रम जारी छ । सम्भवतः ६ बज्छ ।’

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका निम्त्ति जारी कार्यतालिका अनुसार मनोनयन दर्ताको मिति भने बैशाख ११ र १२ गतेका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्