विराटनगर-५ को वडाध्यक्षमा २७ बर्षीय निरौला र सदस्यमा दाहालको स्वतन्त्र उम्मेदवारी

<span class='c1'>विराटनगर-५ को वडाध्यक्षमा २७ बर्षीय निरौला</span> <span class='c2'>र सदस्यमा दाहालको स्वतन्त्र उम्मेदवारी</span>

विराटनगर । स्थानीय तह निर्वाचनका निम्त्ति मनोनयन दर्ताको आज दोश्रो दिन विराटनगर–५ बाट २ युवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

विराटनगर–५ बाट वडाध्यक्षमा २७ वर्षीय शुभम निरौलाले सोमबारको पहिलो उम्मेदवारी दर्र्ता गराएका हुन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निरौला सहित वडा सदस्यमा कृष्ण दाहालले उम्मेदवारी दिएका हुन् । स्थायी रुपमा विराटनगर बस्दै आएका वडाध्यक्ष पदका उम्मेदवार निरौलाले समाजशास्त्रको अध्ययन सम्पन्न गरिसकेका छन् । अबको राजनिति नयाँ पुस्तालाई हस्तान्तरण गर्र्नुपर्ने आवश्यकतालाई महशुस गर्दै उनले वडाध्यक्षको उम्मेदवारी दिएको जनाएका छन् । वडाको समुचित विकासका निम्त्ति नयाँ सोच र भिजन भएको युवाहरुको आवश्यकता रहेको उनले बताएका छन् । उनले भने, ‘वडाबाट हुने जन्मदर्ता, मृत्युदर्ता र अन्य सिफरिशहरु निःशूल्क गर्ने तथा सबै कार्यलाई डिजिटलाईज गर्ने मेरो प्रमुख चुनावी एजेण्डा हो ।’

नेकपा एमाले, नेपाली कांगे्रस र जसपा सहितका प्रमुख दलहरुको उम्मेदवारी पनि आजै पर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्