प्रचण्डले फोन गरेपनि उम्मेदवारी फिर्ता गर्दिन : नमिता न्यौपाने

<span class='c1'>प्रचण्डले फोन गरेपनि उम्मेदवारी फिर्ता</span> <span class='c2'>गर्दिन : नमिता न्यौपाने</span>

विराटनगर । नेकपा (माओवादी) बाट विराटनगरको उप–मेयर पदमा बागी उम्मेदवार नमिता न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता नलिने भएकी छन् ।

शुक्रबार आवर विराटनगरसँग कुरा गर्दै उनीले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएकी हुन् । उनीले भनिन्, ‘प्रचण्डले फोन गरेपनि उम्मेदवारी फिर्ता लिन्न । मेरो उम्मेदवारीले गठबन्धनलाई कुने क्षति गर्दैन् ।’ न्यौपाने नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीकी सचिव हुन् । यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा पनि उनी उपमेयर पदकी उम्मेदवार थिईन् । त्यतिबेला अत्याधिक मत बदर भएर आफ्नो निकटतम प्रतिद्वन्दी काँग्रेसकी इन्दिरा कार्कीसँग उनी ८ हजार ६२२ मतले पराजित भएकी थिईन् ।

यसपटक अवस्था फेरिएकाले माओवादीले उपमेयरमा जित हाँसिल गर्नसक्ने उनको दाबी छ । उनीले भनिन्, ‘पछिल्लो राजनितिक घटनाक्रमले अवस्था परिवर्तन भएको छ । विराटनगरको हकमा माओवादीको पकड अझ सशक्त भएको छ । हामी जित्न सक्छौं ।’

प्रतिस्पर्धाभन्दा पनि मेयर वा उपमेयरमा एकजना महिला हुनुपर्ने संवैधानिक व्यवस्थाको रक्षार्थ पनि आफुले उम्मेदवारी दिएको न्यौपानेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्