मुख्यमन्त्री राईद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे शुभकामना व्यक्त

<span class='c1'>मुख्यमन्त्री राईद्वारा अन्तर्राष्ट्रिय श्रमिक</span> <span class='c2'>दिवसकाे शुभकामना व्यक्त</span>

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको प्रजातान्त्रिक –लोकतान्त्रिक आन्दोलनको इतिहासमा मजदुर वर्गको भूमिका र योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ शुभाकामना सन्देश जारी गर्दै उनले मजदुरहरूले आफ्नो हक–अधिकारको पूर्ण जीवनोपयोगी र सार्थकरूपमा प्रयोग गर्न सकुन भन्ने बताए ।

मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानीबाट आठ घण्टा काम, आठ घण्टा आरम र आठ घण्टा मनोरञ्जनसहितको अधिकार स्थापित भएको स्मरण गर्ने गौरवमय दिनका रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाइन्छ ।

उक्त जारी विज्ञप्तिमा भनिएको छ “सन् १८८६ मे १ मा अमेरिकाको सिकागो सहरमा मजदुरले अधिकार प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलन गरेका थिए । व्यापक धरपकड र दमन भएको उक्त आन्दोलनको तीन वर्षपछि सन् १९८९ मा फ्रान्समा सम्पन्न विश्वका मजदुर र रोजगारदाताबीचको बैठकले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउने निर्णय गरेपश्चात आज हामी १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेका छौँ ।”

नेपालको प्रजातान्त्रिक सङ्घर्षको इतिहासमा मजदुर आन्दोलनको महत्वपूर्ण योगदान रहेको छ । वि.सं. २००७ मा प्रदेश नं १ को औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरले प्रजातन्त्रको बिगुल फुकेका थिए । मजदुरहरूले सुरु गरेको नेपालको प्रजातान्त्रिक आन्दोलनको मुख्यमन्त्री राईले विशेष स्मरण गरे ।

यस अवसरमा सबै नेपाली श्रमिक तथा मजदुरहरूले आफ्नो हक-अधिकारको पुर्ण जीवनोपयोगी र सार्थक रुपमा प्रयोग गर्न सकुन भन्दै प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली श्रमिक तथा मजदुरहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे राईले शुभकामना व्यक्त गरे ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्