विराटनगर । स्थानिय बेरोजगार युवालाई रोजगार प्रदान गर्ने उदेस्यका साथ विराटनगर-५ चादनी चौकका युवा व्यावसायी मिलन अधिकारीले ‘ईन्टरलक ईटा’ उद्योग संचालनमा ल्याएका छन् ।
करिव ३५ लाखको लगनीमा सुनसरीको बर्जुगाँउपालीका-५ सितागन्ज चौक स्थित धनलक्ष्मी ब्लक उद्योग संचालनमा ल्याएका हुन् ।
दैनिकी २ हजार बढी गुणस्तरिय ईन्टर लक ईटा उत्पादन गर्ने गरी संचालनमा ल्याएको उद्योगको आइतबार विधिवत रुपमा उद्घाटन गरी संचालनमा ल्याइएको छ ।
उद्योगको बर्जुगाउपालीकाका अध्यक्ष रघुनन्दन चौधरी र संचालक मिलन अधिकारीकी छोरी मन्यता अधिकारीको हातबाट रिवन काटेर धनलक्ष्मी ब्लक उद्योगको संचालनमा ल्याएका हुन् ।
स्थानिय स्तरमा यसरी संचालनमा ल्याएका उद्योगहरुले यहाँका स्थानियले प्रत्यक्ष रुपमा रोजगारी समेत पाउने भएका कारण वेरोजगारहरुलाई ठूलो राहत मिल्ने बर्जुगाउपालीकाका अध्यक्ष रघुनन्दन चौधरीले बताउनु भयो । उद्घाटनको दिन उद्योगले ईन्टरलक ईटा नयाँ मिसिनमा तयार पारेर उपस्थित सहभागीहरुलाई प्रत्यक्ष रुपमा नै देखाएको थियो ।
व्यक्तिगत ३५ लाखको लगानीमा पहिलो चरण अन्तर्गत उद्योग संचालनमा ल्याएको धनलक्ष्मी ब्लक उद्योगका संचालक मिलन अधिकारीले जानकारी दिनुभयो । भखरै पहिलो चरणमा संचालनमा ल्याएको उद्योगमा ४ महिला र ६ जना पुरुषलाई रोजगारी प्रदन गरेको अघिकारीले बताउनु भयो ।
स्वादेशमा नै उत्पादन गरिएका बस्तुहरुबाट बनाइएका ईन्टरलक ईटा बाताबरण मैत्री रहेको समेत उहाले बताउनुभयो । रातो ईटा भन्दा बलियो टिकाउ र गुणस्तरीय रहेको अधिकारीले बताउनुभयो । उद्योग संचालनमा ल्याएको केहीदिन सम्म ग्राहकहरुलाई विशेष छुटको समेत व्यावस्था रहेको धनलक्ष्मी उद्योगले जनाएको छ ।