धरान १७ मा एमालेकी कल्पना शेर्पाको क्रेज

<span class='c1'>धरान १७ मा एमालेकी</span> <span class='c2'>कल्पना शेर्पाको क्रेज</span>

धरान । विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् कल्पना शेर्पा । २०२५ सालमा खोटाङको सिम्पानीमा जन्मिएकी शेर्पाको विद्यार्थीबाट राजनीतिक यात्रा सुरु भएको हो ।

काठमाडौंको पद्मकन्या क्याम्पसमा अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिमा प्रबेश गरिन् । २०४६ सालमा विद्यार्थी राजनीतिमा प्रबेश गरेकी शेर्पा २०५३ देखी ३ वर्ष अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु)को सदस्य रही विद्यार्थीको हक हितका लागि काम गरिन् । विद्यार्थी राजनीतिमा प्रायः उनको काम भनेको कार्यक्रममा जनवादी गित गाउनु र नृत्य गर्नु हुन्थ्यो ।

अध्ययनको क्रममा काठमाडौंमा रहदा उनी काठमाडौं खोटाङ सम्पर्क मञ्चमा रहेर काम गरेकी थिइन् । कम्यूनिष्ट विचारधाराबाट प्रेरित उनको बुबा र दिदीकै कारण पनि उनलाई राजनीतिमा प्रबेश गर्ने प्रेरणा मिल्यो । २०५१ साल यता शेर्पा पार्टी जिवनमा सक्रिय रुपमा लागिन् । २०५६ सालमा धरान १७ मा स्थायी रुपमा बसोबास गर्न थालेकी शेर्पा २०५८ साल यता धरानमा नगर कमिटिमा रहेर लामो समय सक्रिय रुपमा काम गरिन् । शेर्पा हाल पार्टीको जिल्ला सदस्य रहेकी छन् । पार्टीले उनलाई लोकतान्त्रीक जनजाती महासंघ सुनसरीको इन्चार्जको जिम्मेवारी दिएको छ ।

उनै शेर्पा आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिका वडा नं. १७ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेर चुनाबी मैदानमा होमिएकी छिन् । सरल स्वभावकी शेर्पा पार्टीमा मात्र हैन सामाजिक संघसंस्थामा समेत उतिकै सक्रिय छिन । २०५८ साल यता स्थायी रुपमा धरान बसोबास गदै आएकी शेर्पा विभिन्न सामाजिक संघ सस्थामा नेतृत्वदायी भुमिकामा रहेर काम गरिसकेकी छिन् । उनी नेपाल शेर्पा महिला संघ सुनसरीको अध्यक्ष हुन् भने धरानको हिमालयन महायान देक्षेन छ्योलिङ गुम्बाको पूर्व अध्यक्ष समेत हुन् ।

उनी लामा छात्राबास तथा धार्मिक सभाहल निर्माण समितिको सचिब समेत हुन् । ग्रिल उद्योग सञ्चालन गदै आएकी शेर्पा सामाजिक काममा सक्रिय छिन् । विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिका निर्वाह गरेको अनुभव बटुलेकी शेर्पालाई वडाबासीको सेवा गर्ने चाहाना मतदाताहरुले पूरा गरिदिनेमा आशाबादी छिन् ।

एक घर एक उद्यमी बनाउने योजना
शेर्पाले आफु निर्वाचित भए वडामा एक घर एक उद्यमीको अवधारणा अनुसार काम गर्ने योजना रहेको बताइन् । प्रत्येक घरका बेरोजगार युवाहरुलाई निःशुल्क सिप मुलक तालिम प्रदान गरेर उद्यमी बनाउने योजना सुनाइन् ।

‘वडाबासीले मलाई वडाको नेतृत्वमा ल्याए म युवाहरुलाई निःशुल्क रुपमा सिप मुलक तालिम प्रदान गरेर आय आर्जन गर्न सक्ने बनाउँछु’ शेर्पाले भनिन् ‘मेरो चाहाना भनेको एक घर एक उद्यमी बनाउने हो, त्यो मसंग योजना छ ।’

वडामा उत्पादन भएको बस्तुहरुको उचित बजारिकरणको व्यावस्था समेत गर्ने योजना रहेको उनको भनाई छ । खानेपानी पर्याप्त मात्रामा उत्पादन भएपनि वितरण प्रणालीमा कमजोरी हुँदा वडामा समेत खानेपानीको चरम अभाव भएकोले यो समस्यालाई निराकरण गर्ने बताइन् । वडालाई आन्तरिक पर्यटकको हव बनाउन वडामा रहेको शेर्पा दाहसंस्कार स्थल, सुनवार जातीको साँस्कृतिक स्थल र किरात राई यायोक्खाको साकेला पार्कलाई आवश्यकता अनुसार स्तरोन्नती गरी साँस्कृतिक पार्कको रुपमा विकास गर्ने, सप्तरङगी पार्कमा व्यायामशाला निर्माण गरी मनोरञ्जन पार्क तथा स्वास्थ्य पार्क बनाउने, वडामा रहेको देवीस्थान र कालापानीमा रहेको देवीस्थानलाई व्यवस्थित बनाउने योजना रहेको बताइन् ।

उनले आफुले महिला लक्षित विभिन्न कार्यक्रम समेत ल्याउने प्रतिबद्धता जनाइन् । ‘वडाले लक्षित बर्ग अन्तर्गत महिलालाई उद्यम बनाउने कार्यक्रम नल्याएर महिला विरोधि काम गरेको छ । तर, म निर्वाचित भएँ भने चै महिलाका लागि शिप मुलक क्षमता अभिबृद्धिका कार्यक्रम ल्याउँछु । महिला दिदीबहिनीहरुलाई रोजगार बनाउँछु ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्