ईद उल फितर समापनमा एमालेका मेयर उपमेयरका उम्मेद्वारको प्रतिवद्धता

<span class='c1'>ईद उल फितर समापनमा एमालेका</span> <span class='c2'>मेयर उपमेयरका उम्मेद्वारको प्रतिवद्धता</span>

धरान । अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइने ईद उल फितरको आज समापन गरिएको छ ।

धरानमा पनि मुस्लिम समुदायले शुभकामना आदान प्रदान कार्यक्रम गरेर ईद उल फितरको समापन गरेका छन् । शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेद्वार मञ्जु भण्डारी र उपमेयरको उम्मेद्वार पदम इस्वो(लिम्ब) सहभागी हुनु भएको थियो ।कार्यक्रममा सम्बोधन गदैं भण्डारीले जितेर गए पछि मदरासा भवन निर्माणका लागि सहयोग गर्ने बताउनु भएको छ । धरान-५ मा भवन निर्माणका लागि जग्गासमेत हेरि सकेको उहाँले बताउनु भयो । उहाँले नेकपा एमालेले सबै वर्ग समुदाय, जाती धर्म र चाड पर्वलाई समान रुपमा हेर्ने बताउनु भयो । यस्तै उपमेयरका उम्मेद्वार पदम लिम्बुले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसाँस्कृतिक देश भएकाले हाम्रो पार्टीले प्रत्येक समुदाय, जातजातिहरुको समानुपातिक , सन्तुलित र न्यायसँगत प्रगतिका लागि काम गर्ने बताउनु भएको छ ।

कार्यक्रममा अञ्जुमन इस्लामियनका अध्यक्ष तथा नेपाल मुस्लिम इतिहात संगठनका निवर्तमान अध्यक्ष युसुप सेख, मुस्लिम इतिहात संगठनका जिल्ला सह-इञ्चार्ज तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य फिरोज अलि, युवा नेता अफागलगायतको उपस्थिति रहेको थियो । इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । ईद उल फितर र बकर ईद । यी दुईमध्ये पहिलो पर्व ईद उल फितर अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइन्छ । दोस्रो पर्व त्यो अद्वितीय कुरबानी (बलिदानको सम्झना) हो । जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए । इस्लाम धर्मावलम्बिहरूले संसारभरी नै प्रायः एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि धूमधामका साथ मनाउँदछन् । बकरिद नामले पुकारिने मुसलमानहरूले हिजरिसम्वत अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो । यसको नियममा १ महिनासम्म सुर्यन नअस्ताउन्जेल पूणर्रुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ ।

नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदानप्रदान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्