धरान । नेकपा एमालेले १७ नम्बर वडामा मेयर र उपमेयरका उम्मेदवारसहित चुनावी घर दैलो अभियानलाई तिब्रता दिएको छ ।
मेयर उम्मेदवार मञ्जु भण्डारी सुबेदी र उपमेयर उम्मेदवार पदम प्रसाद लिम्बुसहित वडाध्यक्ष उम्मेदवार कल्पना शेर्पा लगायत उम्मेदवारहरु घरदैलो अभियानमा मतदाताहरुसंग मत मागेका थिए । वडाको फोकलेण्ड टापुका बासिन्दाले खानेपानी, विजुलीको तार व्यवस्थापन गरिदिन र सर्दु करिडोरका विषयमा जिज्ञासा राखेका थिए । मतदाताहरुको जिज्ञासामा उम्मेदवारहरुले निर्वाचित भएर आएपछि वितरण प्रणालीमा समस्या रहेको खानेपानीलाई सुधार गर्ने जनाए । सर्दु करिडोरलाई व्यवस्थित बनाउने तर, स्थानीयबासीलाई विस्थापित गर्ने भन्ने हल्लाको पछि नलाग्न सचेत गराउँदै सर्दु खोलाले क्षती नगरोस् भनेर व्यावस्थित मात्र बनाउने योजना रहेको बताए ।
फोटो:फाईल