काठमाडौंको बत्तिस पुतलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

<span class='c1'>काठमाडौंको बत्तिस पुतलीमा केएमसीको</span> <span class='c2'>निःशुल्क स्वास्थ्य शिविर</span>

काठमाडौं । काठमाडौं महानगरपालिका-९ स्थित बत्तिस पुतलीमा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

स्थानीय गौथली बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । गोल्डेन गेट कलेजमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।

जसमध्ये १९३ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र १३२ जनाको मुटुको जाँच (ईसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २२ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४१ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसीले यसअघि शुक्रवार कपनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर ९६२ जनाको उपचार गरेको थियो । केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइरहेको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्