प्रधानमन्त्री देउवाले भने : ‘गठबन्धनलाई भोट दिनुस, ५ वर्ष पछुतो मान्नुपर्दैन्’

<span class='c1'>प्रधानमन्त्री देउवाले भने : ‘गठबन्धनलाई भोट</span> <span class='c2'>दिनुस, ५ वर्ष पछुतो मान्नुपर्दैन्’</span>

विराटनगर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्रै मतदान गर्न आम नगरबासीलाई अपिल गरेका छन् ।

गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै प्रधानमन्त्री देउवाले विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवलाई मतदान गर्न अपिल गरेका हुन् ।

बुधबार नेपाली कांग्रेस मोरङद्वारा विराटनगरमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो अपिल गरेका हुन् । उनले कांग्रेसका उम्मेदवार नागेश कोइराला र गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका जसपा अमरेन्द्र यादवलाई भोट दिन आग्रह गरे । उनले भने, ‘कांग्रेसले धोका दिँदैन भन्ने सन्देश प्रवाह गर्न आवश्यक छ । उचाल्ने–पछार्ने धेरै हुन्छन्, यस्ताको पछि नलाग्नुस।’

प्रजातन्त्रलाई सुदृढ बनाउन गठबन्धनको आवश्यकता परेको बताउँदै देउवाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अनुरोध गरे । बैशाख ३० गतेको निर्वाचनले आउँदो ५ वर्षको भबिष्य निर्धारण गर्ने भएकाले संवेदनशील भएर मतदान गर्न उनले आग्रह गरे ।

नेपाली कांग्रेस मोरङले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताए । परिवर्तनको रक्षा गर्न गठबन्धन आवश्यक भएको नेता पौडेलको भनाइ छ। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले देशमा अस्थिरता ल्याएको उनले बताए।

कांग्रेसले जितेका स्थानीय तहमा राम्रो काम भएको नेता पौडेलको दाबी छ। विराटनगर राजनीतिको सन्देश दिने स्थान भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन उनले आग्रह गरे।

कांग्रेस नेता डा. शेखर कोइरालाले एमाले नेतृत्वको सरकारले जनतालाई दुःख दिनेमात्रै काम गरेको बताए। एमालेले संविधान मास्ने काम गरेको उनको भनाइ छ। स्थानीय तहको निर्वाचनले संघ र प्रदेशको निर्वाचनलाई इंगित गर्ने उनले बताए। गठबन्धनका उम्मेदवारलाई विजयी बनाएर लोकतन्त्रको संरक्षण गर्न उनले आग्रह गरे।

महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन जनताका लागि अवसर भएको बताए। आफ्नो गाउँ–नगर कस्तो बनाउने भन्ने जनताको हक भएकाले निर्वाचनमा सहभागी भएर अवसर नगुमाउन उनले आग्रह गरे। कांग्रेसले कमजोर भएर तालमेल नगरेको उनले प्रष्ट पारे। तालमेल संविधानलाई ठिक ठाउँमा ल्याउनका लागि भएको महामन्त्री शर्माले बताए।

चुनावी सभालाई नेताहरू महेश आचार्य, मिनेन्द्र रिजाल, सहमहामन्त्री डिना उपाध्याय, केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्