नेकपा माओवादी केन्द्र विराटनगर सचिव नमितासहित १० जनालाई कारवाही

<span class='c1'>नेकपा माओवादी केन्द्र विराटनगर सचिव</span> <span class='c2'>नमितासहित १० जनालाई कारवाही</span>

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर सचिव नमिता न्यौपानेलाई कारवाही गर्न महानगर कमिटिले सिफारिस गरेको छ ।

विराटनगर महानगरपालिका कमिटिले प्रदेश कमिटि समक्ष सचिव न्यौपानेसहित दशजनालाई कारवाही गर्न सिफारिस गरेको हो । महानगरका इन्चार्ज पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डल, महानगरका सह–इन्चार्ज भोगेन्द्र यादव र अध्यक्ष नविन पौडेलको हस्ताक्षरमा सचिव न्यौपानेसहितका कार्यकर्तालाई कारवाहीको सिफारिस गरिएको छ । पार्टी महानगर कमिटि सचिव न्यौपाने विराटनगर महानगरको उपमेयर स्वतन्त्र उम्मेदवार हुन् । पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेद्वारी कायम राखेको भन्दै उनलाई कारवाही गर्न सिफारिस गरिएको छ ।

न्यौपानेसहित ज्येष्ठ कम्यूनिष्ट मञ्चका प्रदेश सदस्य अमरलाल यादव, नगर सदस्य भुवनेश्वर यादव, योगेन्द्र प्रसाद यादव, रजी अहमदलाई समेत कारवाही सिफारिस गरिएको छ । यसैगरी विराटनगर १४ का वडा अध्यक्ष सुर्य तामाङ, सचिव राजेश यादव, सदस्य कालीचरण यादव र विराटनगर–१८ का सशिमोद यादवलाई कारवाही गरिएको छ । पार्टीका महानगर सदस्यलाई प्रदेश कमिटिले कारवाही गर्ने गरि सिफारिस गरिएको छ भने महानगर सदस्यलाई कारवाही गरिएको छ ।

माओवादी पार्टीका नगर सदस्य भुवनेश्वर यादव भने एमाले पार्टीकोतर्फबाट उम्मेदवार बनेका छन् । उनलाई समेत कारवाही गर्न सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्