८० बर्ष माथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता थपेर दिने घोषणा

<span class='c1'>८० बर्ष माथिका जेष्ठ नागरिकलाई सामाजिक</span> <span class='c2'>सुरक्षा भत्ता थपेर दिने घोषणा</span>

धरान । धरान-१६ ले निम्न आय भएका विपन्न परिवारलाई आवास निमाणर्देखि एम्बुलेन्स सञ्चालन गर्ने लगायतका महत्वकाक्षी योजनाहरु अघि सारेको छ ।

नेकपा एमालेको तर्फबाट धरान-१६ को वडाध्यक्षको उम्मेद्वार बनेका हिमाल कार्कीले विपन्न वर्गका वडाबासीहरुलाई लक्षित गरि योजना बनाएर चुनावी घोषणपत्र सार्वजनिक गर्नु भएको छ । विपन्न वडावासीहरुलाई नि:शुल्क आवास निर्माण गर्ने घोषणा पत्रमा सार्वजनिक गरिएको छ । यस अघिका एमालेबाटै वडाध्यक्ष विजयी दिलकुमार गिरीले विपन्नका लागि रासन कार्ड वितरण गर्नु भएको थियो । हालका वडाध्यक्ष हिमालले धरान-१६ मा रहेको रंगशाला अगाडीको खाली ठाँउमा खुल्ला व्यायमशाला सञ्चालन गर्ने, निर्माणधीन तारा सुब्बा स्मृति पार्क निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याइ आन्तरिक पर्यटकको केन्द्रविन्दुको रुपमा विकास गर्ने, अति विपन्न घर परिवारलाई स्वास्थ्य विमा गर्नको लागि पहल गर्ने, मधुमेह, उच्च रक्तचापका बिरामीहरुलाई निःशुल्क औषधी वितरणको लागि पहल गर्ने, युवाहरुलाई सिप विकास तालिम प्रदान गरि उनीहरुको आर्थिक स्तर उठाउने, वडामा रहेका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तर बढाउन पहल आवश्यक पहल गर्ने, साममाजिक सुरक्षा भक्ता घर घरमा पुर्‍याउने व्यवस्था मिलाउने, वडा पुर्ण रुपमा छुवाछुत मुक्त बनाउने योजनाहरु रहेका छन् ।

वडालाई आगामी ५ वर्ष भित्र कच्चि सडक मुक्त वडाको रुपमा विकास गर्ने, गीतसंगित क्षेत्रको संरक्षणका लागी संगातलय भवन बनाइने, वडाको उपुक्त स्थानमा पुस्कतालय भवन निर्माण गरिने, १६ नं. वडाको मुख्य सडकको रुपमा रहेको जनपथको बाटोलाई रङ्गरोगन गरि सिसि क्यामरा जडान गरिने, वडामै खेलकुद उपसमिति गठन गरि विभिन्न खेलकुदको अयोजना गरिने, अति विपन्न यतायात मजदुर/निर्माण कार्य गर्ने मजदुरहरुको स्वास्थ्य बिमा गर्नका लागि पहल गरिने, वडामा रहेका संघसंस्था भवन, मठमन्दिर गुम्बा लगायत धार्मिक स्थलहरुको संरक्षण गरिने, ८० वर्षमाथिका जेष्ठ नागरिकलाई सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा थप गरि वितरण गरिने साथै कुलतमा फसेका युवाहरुलाई जनचेतनाको माध्यमबाट समाजमा पुर्नस्थापना गराई स्वरोजगार तालिमको व्यवस्था गरिने लागयतको योजनाहरु रहेको वडाध्यक्षका उम्मेद्वार हिमाल कार्की बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्