ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-५ स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटनाट हुँदा १ जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो करिब १ बजे ओखलढुङ्गाको ठाडेबाट सदरमुकाम आउदै गरेको ग. १ त ३१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खसि दुर्घटना हुदा घाईते भएका ट्याक्टर चालक सिद्धिचरण नगरपालिका-७ बिगुटारका २२ बर्षीय प्रेम लाक्पा शेर्पाको मिसन अस्पताल ओखढुङगामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना बारेमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।