विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडानं २ मा १०२ वर्षीय बखतबहादुर कार्कीले मतदान गरेका छन् ।
उनी स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालय स्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । नाती कुन्दन कार्कीले हजुरबुवालाई साथै लिएर गएका थिए । कार्की उमेरले बुढो भएपनि मतदान गर्न पाएकोमा गर्व लाग्ने गरेको बताए । अब आउने जनप्रतिनिधिले जेष्ठ नागरिकको हित हुने काम गर्नुपर्ने कार्कीको सुझाव छ ।
उनी सिमसिम परेको पानीमा रुझ्दै मतदान केन्द्रसम्म पुगेका थिए ।