विराटनगर । विराटनगरमा १२ बजेसम्ममा २० प्रतिशत मात्रै मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार मतदान प्रक्रियामा संरचनागत समस्याले ढिलासुस्ती भईरहेको छ ।
विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १४२ मतदाता रहेका छन् । बिहान ७ बजेदेखि मतदात प्रक्रिया सुरु भएपनि मध्यान्हसम्म २० प्रतिशत मात्रै पोलिङ भएको छ ।
मोरङको समग्र रिपोर्ट अहिलेसम्म प्राप्त नभएको बुढाथोकीले जानकारी दिनुभयो । मतदान केन्द्रको वस्तुस्थिति बुझ्न नसक्दा मतदान अधिकृतहरुलाई निर्वाचनको प्रक्रिया बढाउन असहज भईरहेको छ ।
धेरै मतदाता भएको मतदान केन्द्र साँघुरो र असजिलो संरचना भएका कारण निर्वाचनमा केहि असहज स्थिति सिर्जना भएको बताइएको । जिल्लाका ८२० मतदान केन्द्रको यकिन विवरण संकलन गर्न सहज नभएको बुढाथोकीको गुनासो छ । विराटनगरमा १२ बजेसम्ममा २० प्रतिशत मात्रै मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार मतदान प्रक्रियामा संरचनागत समस्याले ढिलासुस्ती भईरहेको छ ।
विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १४२ मतदाता रहेका छन् । बिहान ७ बजेदेखि मतदात प्रक्रिया सुरु भएपनि मध्यान्हसम्म २० प्रतिशत मात्रै पोलिङ भएको छ ।
मोरङको समग्र रिपोर्ट अहिलेसम्म प्राप्त नभएको बुढाथोकीले जानकारी दिनुभयो । मतदान केन्द्रको वस्तुस्थिति बुझ्न नसक्दा मतदान अधिकृतहरुलाई निर्वाचनको प्रक्रिया बढाउन असहज भईरहेको छ ।
धेरै मतदाता भएको मतदान केन्द्र साँघुरो र असजिलो संरचना भएका कारण निर्वाचनमा केहि असहज स्थिति सिर्जना भएको बताइएको । जिल्लाका ८२० मतदान केन्द्रको यकिन विवरण संकलन गर्न सहज नभएको बुढाथोकीको गुनासो छ ।