ओखलढुंगाको चिशंखुगढीमा माओवादीका निशान्त निर्वाचित

ओखलढुंगाको चिशंखुगढीमा माओवादीका निशान्त निर्वाचित

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित भएका छन् ।
निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५०७ मतले पछि पार्दै शर्मा दोस्रो कार्यकालको लागि अध्यक्षमा विजयी भएका हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि शर्मा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला उनी २ मतले निर्वाचित भएका थिए । यस पटक शर्माले ३ हजार १९८ मत प्राप्त गरेका छन् भने थापाले २ हजार ६९१ मत पाएका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तोषबाबु थापा विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई १ हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित भएका हुन् । थापाले ३ हजार ११६ र राईले २ हजार ५० मत प्राप्त गरेका छन् ।

चिशंखुगढी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । पालिकाको ८ वडामध्ये माओवादी केन्द्रले ४ वडा जितेको छ । वडा नम्बर १ मा उषा कटुवाल, २ मा नरेन्द्र बस्नेत, ५ मा नेत्र भट्टराई र ४ मा हिमाल राई विजयी भएका छन् ।
वडा नम्बर ६ र ७ मा कांग्रेसका उम्मेदवार बलराम कटुवाल र मुघाधन राई विजयी भएका छन् भने वडा नम्बर ८ मा एमालेका उम्मेदवार सुशीलजंग कार्की वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर ३ मा वडाध्यक्षका उम्मेदवारहरुको मत बराबरी भएपछि पुनः मतगणना भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्