श्रीलंकाको परिस्थिति कठिन रहेको भन्दै प्रधानमन्त्रीद्वारा सबैले मिलेर काम गर्न आह्वान

श्रीलंकाको परिस्थिति कठिन रहेको भन्दै प्रधानमन्त्रीद्वारा सबैले मिलेर काम गर्न आह्वान

श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताउनुभएको छ ।

उहाँले देशको आर्थिक अवस्था केही महिनादेखि नै सङ्कटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सोमबार साँझ एक सन्देशमा भन्नुभएको छ– यतिखेर देश निकै नै अप्ठेरो अवस्थामा छ, हामी सबैले यस्तो अवस्थामा मिलेर काम गर्नुपर्ने अवस्था छ ।दक्षिण एसियाली मुलुक यतिखेर आर्थिक तथा राजनीतिक सङ्कटमा गुज्रिएको छ । तर यहाँ राजनीतिक सङ्कटका समयमा पनि आन्दोलन भने जारी नै रहेको छ । उता श्रीलंकामा सोमबारदेखि नौ घण्टे कर्फ्यू आदेश जारी गरिएको छ ।

सरकारले घोषणा गरेको कफ्र्यु सोमबार बेलुका ८ बजेदेखि लागू भइ बिहान पाँच बजेसम्म कायम रहने भएको छ । विभिन्न आरोपमा झण्डै २०० मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कर्फ्यू आदेश जारी गरेको हो ।

विषेश गरेर आर्थिक सङ्कट बढेपछि महंगी र अभाव पनि बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए ।

केही दिनअघि राष्ट्रपति गोटावाय राजापाक्षले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाडै नै मुलुकको आर्थिक तथा राजनीतिक सङ्कट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गर्नुभएको छ । रासस सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्