विराटनगर । झापाको हल्दिवारी गाउँपालिका–१ का एकजना उम्मेदवारले एक मत मात्र प्राप्त गरेका छन् ।
उक्त वडामा ५ जना वडाध्यक्षका उम्मेदवार रहेका थिए । जसमा राप्रपाका देवीबहादुर थापाले १९ सय ६८ मत ल्याएर विजयी भएका थिए ।
त्यस्तै एमालेका त्रिलोचन सापकोटा १६००,काँग्रेसका रत्नबहादुर अधिकारी ५८१, माओवादी केन्द्रका भक्तबहादुर नेम्वाङ (लिम्बु) १८१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार पूर्णबहादुर लिङ्देनले भने जिरो मत पाएको निर्वाचन आयोगको तथ्यांकमा छ ।
हल्दिबारीमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राप्रपाकै रविन्द्रप्रसाद लिङ्देन र लक्ष्मीदेवी मैनाली विजयी भएका थिए ।
रातोपाटीबाट