हवाई भाडा फेरि बढ्यो, काठमाण्डौँ –विराटनगर ९ हजार तीन सय २ रुपैयाँ

<span class='c1'>हवाई भाडा फेरि बढ्यो, काठमाण्डौँ –विराटनगर</span> <span class='c2'>९ हजार तीन सय २ रुपैयाँ</span>

विराटनगर ।   सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले हवाई भाडा  बढेको छ ।

आइतबार आयल निगमले हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा ४ सय ४५ रुपैयाँले  बढेको छ । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँले  बढेको छ । बढेको भाडाहरु जेठ ११ गते देखि मात्रै  लागू  हुने कम्पनीले जनाएको  छ । 

वायु सेवा कम्पनीले सार्वजनिक गरेको भाडादर अनुसार  काठमाण्डौँ देखि  धनगढीसम्मको  अधिकतम भाडा १५ हजार ६ सय ६५ रुपैैयाँ पुगेको छ । यस्तै काठमाण्डौँ देखि नेपालगञ्जको भाडा १२ हजार आठ सय ९५, भद्रपुरको ११ हजार नौ सय ३५, विराटनगरको ९ हजार तीन सय २५, जनकपुरको ५ हजार २ सय ५०, भरतपुरको चार हजार चार सय ३५, पोखराको ६ हजार तीन सय पाँच, भैरहवाको अधिकतम भाडा ७ हजार आठ सय ८० रुपैयाँ पुगेको छ । 

फोटो : फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्