चौधरी ग्रुपले आयोजना गरेको रक्तदानमा ४५ पिन्ट रगत संकलन

<span class='c1'>चौधरी ग्रुपले आयोजना गरेको रक्तदानमा</span> <span class='c2'>४५ पिन्ट रगत संकलन</span>

विराटनगर । चौधरी ग्रुपको सुनसरीको गढी गाउँ पालिकामा रहेको चाउचाउ उद्योगमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जना कर्मचारी तथा मजदुरले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

सीजी फुड्स इन्डस्ट्रिज प्रालिको प्राङगणमा आयोजना गरिएको निशुल्क रक्तदान कार्यक्रममा प्रशासन तर्फबाट २० जनाले र उत्पादन तर्फ २५ जनाले रक्तदान गरेका थिए । उद्योगले यस अघि नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालिको प्राविधिक निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । उक्त शिविरमा ५५३ जना विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।
सामाजिक कार्य अन्तरगत सीजी फुड्सले आफ्ना मजदुर र कर्मचारीको हकहितका लागि बार्षिक रुपमा स्वास्थ्य शिविर, रक्तदान, आँखा शिवर लगायतको कार्यक्रम गर्दै आएको छ । अस्पतालहरुमा रगतको अभाव हुन नदिन र आफ्ना कर्मचारी, मजदुर तथा उनको परिवारलाई रगत अभावको बेला सहज आपूर्तिका लागि रक्तदान कार्यक्रममा आयोजना गरिएको चौधरी ग्रुपका इकाई प्रमुख राजीव सिंह राजपुतले जानकारी दिए ।

उद्योगमा काम गर्ने मजदुर तथा कर्मचारीहरुको सामाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले निशुल्क स्वास्थ्य परिक्षण, रक्तदान, आँखा शिविर जस्ता कार्यक्रमहरु बार्षिक क्यालेण्डर अन्तरगतनै तालिका बनाएर गर्दै आएको उनले बताए । अस्पतालहरुमा रगत नपाएका समाचारहरु आउने गरेको र आफ्नै कर्मचारी मजदुर र तीनका आफन्त अस्पताल भर्ना हुदा रगत अभावको कारण चारैतिर दौडनु पर्ने अवस्था नआओस भनेर नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको राजपुतले जनाए ।
उद्योगका प्रशासन तथा मानव संशोधन विभाग प्रमुख उदयप्रकाश शाहका अनुसार अस्पतालमा रगतको अभाव हुन नदिन कर्मचारी र मजदुरहरुले रक्तदान गरेको बताए । अस्पतालमा रगतको अभाव हुन नदिन र आफ्नै उद्योगमा कार्यरत मजदुरहरु र उनका आफन्तलाई आवश्यक परेको बेला रगतको आपूर्तिमा सहजता आओस भन्ने उद्येश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्