विराटनगर । भारतबाट चोरी पैठारी तथा राजश्व छलेर नेपाल भित्राएको पानी तान्ने मोटर्स पार्टस तथा मेशिनरी सामानसहित संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले विराटनगर-६ मा अमन इलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरमा प्रहरीले छापा मारेर संचालक सेख अलतफसहित चोरी पैठारीका सामान बरामद गरेको हो । सेखले भारतबाट विभिन्न मेशिनरी सामान ल्याएर फिटिङ गर्ने र अन्य कम्पनीको नक्कली स्टिकर लगाएर बिक्री गर्दै आएको खुलेको छ । जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठका अनुसार संचाकल सेखसहित चोरी पैठारी गरि ल्याएको रू. चार लाख ८५ हजार मूल्य बराबरको सामान बरामद गरि थप कारवाहीको लागि राजश्व अनुसन्धान कार्यलय इटहरीमा बुझाइएको छ ।
प्रहरीले नक्कली स्टिकर १०४ थान, प्लाष्टिक स्टिकर ९२ , पानि तान्ने फिटिङ मोटर ३२ थान, क्यापासिटर सात कार्टुन, आल्मुनियम बडी सात बोरा, फेनकभर चार कार्टुन, एम्पेलर ३६० पिस, पम्म पार्टस र रोटर २९ बोरा, प्लाष्टिक हेन्डल एकबोरा, स्टेटर १० बोरा, ब्यारिङ्ग दुइ बोरा, नट बल्टु एक बोरा, कार्टुन एक बोरा, म्याकनिकक सील बरामद गरेको हो ।