नेकपा एमाले मोरङले जिसस प्रमुख र उपप्रमुखको नाम टुङग्यायो

<span class='c1'>नेकपा एमाले मोरङले जिसस प्रमुख</span> <span class='c2'>र उपप्रमुखको नाम टुङग्यायो</span>

विराटनगर । नेकपा एमालेले जिल्ला समन्वय समिति मोरङको प्रमुख र उपप्रमुख उम्मेदवारको नाम टुङ्गो लगाएको छ । जिल्ला समितिको बैठकले प्रमुख अजम्बर राई र उपप्रमुख उषा झा ठाकुरलाई बनाउने निर्णय गरेको हो ।

शुक्रबार बसेको बैठकले सुन्दरहरैचा नगरपालिकाकाका राई र रंगेली नगरपालिकाकी ठाकुरलाई जिससमा पठाउने निर्णय गरेको पार्टी सचिव रुपेश खतिवडाले जानकारी दिनुभयो । राई नेकपा एमाले प्रदेश १ कमिटी सदस्य र ठाकुर अनेमसंघमा आवद्ध हुनुहुन्छ । जिल्ला समन्वय समिति मोरङमा नेकपा एमालेको एकल बहुमत छ । दुवै जना स्वत निर्वाचित हुनेछन् । १७ वटा पालिका रहेको मोरङका ३४ प्रमुख उपप्रमुख मतदाता छन् ।

नेकपा एमालेबाट मात्रै २१ जना प्रमुख उपप्रमुख छन् ।बहुमतका लागि १८ मत आवश्यक पर्छ । नेपाली कांग्रेसबाट १२ प्रमुख उपप्रमुख र माओवादी केन्द्रका एक जना उपप्रमुख छन् । राई र ठाकुर निर्वाचित जनप्रतिनिधि होइनन् । उनीहरुलाई पालिकाको कार्यपालिका निर्वाचन मार्फत ल्याउने एमालेको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्