प्रदेश १ को नाम ‘किराँत सगरमाथा’ राख्न धर्मगुरु आत्मानन्द लिङदेनको सुझाव

<span class='c1'>प्रदेश १ को नाम ‘किराँत सगरमाथा’</span> <span class='c2'>राख्न  धर्मगुरु आत्मानन्द लिङदेनको सुझाव</span>

विराटनगर । किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ले प्रदेश १ को नामाकरण ‘किराँत सगरमाथा’ गर्नुपर्ने सुझाव दिएका छन् । धर्मगुरु आत्मानन्दका निजी गुरु प्रवक्ता डिल्लीराम चाम्लीङले विराटनगरमा पत्रकार सम्मेलन गरेर विवादित नामहरुमा बहस गर्नुभन्दा सबैलाई समेट्न किराँत सगरमाथा राखिनुपर्ने सुझाव दिएइका हुन् ।

चाम्लीङले पत्रकार सम्मेलनमा भने–धर्मगुरुले विभिन्न स्थानको कार्यक्रममा आफ्ना धारणा राख्दै आउनु भएको, उहाँको धारणा अनुसार किराँत सगरमाथा नाम राख्नु उक्तम हुनेछ ।

किराँत प्राचिन सभ्यताको प्राज्ञिक शब्द भएको र सगरमाथा विश्वको सर्वोच्च शिखर भएकोले सबैलाई मान्य हुने नाम ठहर गर्नुपर्ने सुझाव दिइएको छ । प्रदेशको नाम लिम्बुवान, खम्बुवान, कोशी, किराँत, सगरमाथा मात्रै राख्दा विवादित हुने भएकोले ऐतिहासिकता र सम्पदाको आधारमा नामाङ्कन गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्