ब्राजिलमा भारी वर्षा र बाढीबाट ३७ को मृत्यु, हजारौँ विस्थापित

<span class='c1'>ब्राजिलमा भारी वर्षा र बाढीबाट</span> <span class='c2'>३७ को मृत्यु, हजारौँ विस्थापित</span>

भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षाले ती नागरिकको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परेको थियो । निरन्तरको वर्षाले शनिबारसम्म यहाँका ३७ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । सो राज्यमा दुईजनाको वर्षाका कारण ज्यान गएको बताइएको छ ।

रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर शनिबार मात्र २० जनाको शनिबार ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।सो सहरमा वर्षा जारी नै रहेकाले सतर्कता अपनााउन भनिएको समाचारमा जनाइएको छ । रासस / सिन्ह्ना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्