विराटनगर । विराटनगर-१२ स्थित आईतबारे हटिया पश्चिम नहर छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मङ्गलबार राती करिब साढे ८ बजे उनी मृत फेला परेका हुन् । स्थानीयले मृतक शंकास्पद अवस्थामा लडिरहेको देखेपछि प्रहरी खबर गरेका थिए । स्थानीयका अनुसार मृतक लागुऔषध प्रयोगकर्ता हुन् । अन्दाजी ३५ वर्षीय देखिने उनको हालसम्म पहिचान खुल्न सकेको छैन् ।
हाल ईलाका प्रहरी कार्यालय रानी र बखरी प्रहरी चौकीले संयुक्त रुपमा घटनाको अनुसन्धान गरिरहेको छ । थप विवरण खुल्न बाँकी रहेको छ ।