विराटनगर । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका दुई जनालाई चोरी भएको ४ थान मोटरसाईकल सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मिक्लाजुङ गाउँपालिका-५ पाँचथरका २१ बर्षीय चन्द्र कुमार योङया र २० बर्षीय सुरेन्द्र भनिने जिवन कुरुङवाङ रहेका छन् । गत १३ गते दमक नगरपालिका-६ बाट हराएको मोटरसाईकल खोजतलास गर्ने क्रममा उनीहरुले चलाई रहेको अवस्थामा फेला पारी दुबै जनालाई मिक्लाजुङ गाउँपालिका-६ शखधर चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सोधपुछ गर्ने क्रममा उनीहरुले नै झापाका विभिन्न स्थानहरुबाट चोरी गरेका अन्य ३ थान मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।