विराटनगर । धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
बुधबार बिहान करिब २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा खाँदवारी नगरपालिका-१० संखुवासभा घर भई धनकुटा नगरपालिका-६ मा डेरा गरी बस्ने २४ बर्षीय पुरन राई घाईते भएका थिए । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
यसैगरी,गत सोमबार साँझ करिब ६ बजे मोरङको विराटनगर महानगरपालिका-१० मा को ३९ प ७८९५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ८५ बर्षीय मुसा यादबलाई ठक्कर दिंदा घाईते भएका यादवको उपचारको क्रममा मंगलबार साँझ नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।