मादक पदार्थ सेवनगरी श्रीमतीलाई छुरा प्रहार , श्रीमतीको नोबेलमा उपचार हुँदै….

<span class='c1'>मादक पदार्थ सेवनगरी श्रीमतीलाई छुरा प्रहार</span> <span class='c2'>, श्रीमतीको नोबेलमा उपचार हुँदै….</span>

विराटनगर । उर्लाबारी नगरपालिका–४ मा पति श्रीमानको छुरा प्रहारबाट पत्नी (श्रीमती) गम्भीर घाइते भएकी छन् ।

मादक पदार्थ सेवन (मापसे) गरेर ४० वर्षीय सुमन महराले पत्नी ३५ वर्षीया कुमारी महरालाई सोमबार राति करिब ९ बजेतिर छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मापसे गरेर घर आएका सुमनले पारिवारिक विवादपछि पत्नीको पेटमा अन्धाधुन्ध छुरा हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार हुन नसकेपछि घाइते कुमारीलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा ल्याइ उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । पत्नीलाई छुरा हान्ने सुमनलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुमन सधैँ मापसे गरेर आउने र घरमा झैझगडा गर्ने गरेको खुलेको छ । महरा विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा चलाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्