डिआइजी बिसीको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका : मन्त्री कार्की

<span class='c1'>डिआइजी बिसीको शान्ति सुरक्षामा महत्वपूर्ण</span> <span class='c2'>भूमिका : मन्त्री कार्की</span>

विराटनगर । आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले प्रदेश १ प्रदेश प्रहरी कार्यालयका प्रमुख अरुण कुमार बिसीले आफ्नो कार्यकालमा शान्ति सुरक्षाका क्षेत्रमा महत्वपुर्ण काम गरेको बताउनुभएको छ ।

प्रहरी नायव महानिरीक्षक(डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा हुनु भएका बिसीलाई बिदाइ तथा बधाई ज्ञापन गर्दै मन्त्री कार्कीले प्रहरीसँगै सहकार्य गरेर काम गरेको बताउनुभएको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रीकार्कीले केन्द्रमा रहँदा पनि यहाँका जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रहगर्दै प्रहरी समायोजनमा सहजीकरण गर्न आग्रह गर्नुभयो ।

सोमबार बसेको मन्त्री परिषद्को बैठकले बिसी, सशस्त्रप्रहरीका एक सहित ६ जनालाई एआईजीमा बढुवा गर्ने निणर्य गरेको थियो । २०४९ साल चैत्र ११ गतेदेखि नेपालप्रहरी सेवामा लाग्नु भएका बिसीले गतअसार १६ गतेदेखि प्रदेश नं १ प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी समाल्नु भएको थियो । प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा प्रदेश सरकारले गरेको सहयोग प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

सोही अबसरमा प्रदेश सुरक्षा समितिको बैठक पनि बसेको छ । मन्त्रीकार्कीकै अध्यक्षतामा बसेको बैठकले स्थानीयतहको निर्वाचनमा खटिएका सुरक्षाकर्मी सञ्चारकर्मी, राष्ट्र सेवक कर्मचारीलाई धन्यवाद दिनेका साथै बर्षातको समयमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्यसको पूर्व तयारीमा जुटिने निणर्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्