विराटनगर । प्रदेश १ सरकारले नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रमका लागि प्रदेशसभाको बैठक दिउँसोका लागि बोलाइएको छ ।
सरकारले कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने भएको छ । असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ ।