विराटनगर । आफ्नै भाइ १८ वर्षीय देव कुमार धामीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका-४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ। देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। गम्भीर घाइते भएका देवकुमारको धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा नै मृत्यु भएको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
फोटो:फाईल