ओखलढुङगामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, २ जना बिरामी

<span class='c1'>ओखलढुङगामा जंगली च्याउ खाँदा २</span> <span class='c2'>जनाको मृत्यु, २ जना बिरामी</span>

विराटनगर । ओखलढुङगाको चम्पादेवी गाउँपालिका-७ फुलवारी टोलका एकै घर परिवारका ४ जनाले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना बिरामी भएका छन् ।

जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ बर्षीया मनमाया बिष्ट, निजको छोरा २७ बर्षीय राजन बिष्ट, राजनको श्रीमती २४ बर्षीया ढक कुमारी लामिछाने र ३ बर्षीया छोरी सरिस्मा बिष्ट बिरामी भएका थिए ।

च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढक कुमारी बिष्टको सोही अस्पतालमा मृत्यु भएको थियो । अन्य तिन जनालाई थप उपचारको लागी काठमाण्डौ टिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मनमाया बिष्टको ३१ गते मृत्यु भएको तथा अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्