कांग्रेससँग सहमति जुटाएर प्रदेश १ को नामकरण गर्ने तयारीमा छौं : पूर्व मुख्यमन्त्री राई

<span class='c1'>कांग्रेससँग सहमति जुटाएर प्रदेश १ को नामकरण</span> <span class='c2'>गर्ने तयारीमा छौं : पूर्व मुख्यमन्त्री राई</span>

विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले कांग्रेससँग सहमति जुटाएर नेकपा एमालेले प्रदेशको नामाकरणको तयारी गरिरहेको बताएका छन् ।

बिहीबार विराटनगरमा पत्रकारहरुसँगको अनौपचारिक भेटघाट कार्यक्रममा बोल्दै राईले यस्तो बताएका हुन् । आफ्नो ३ वर्षे कार्यकालमा प्रदेश १ को नामाकरण गर्न नसकिएको बिषयप्रति खेद प्रकट गर्दै उनले चालु अधिवेशनबाटै प्रदेशको नामाकरण गरिने प्रतिबद्धता व्यक्त गरे । एमालेको तर्फबाट गठित कार्यदलको सहयोगमा नामाकरणको प्रक्रिया अघि बढाईसकिएको उनले जानकारी दिए । ‘नामाकरणका निम्त्ति एमालेको तर्फबाट गठित कार्यदलले काँग्रेस संसदीय दलसँग छलफल गरिसकेको छ । यही अधिवेशनबाट नामाकरण टुङ्गयाउने बिषयमा काँग्रेस पनि सकारात्मक छ,’ उनले भने, ‘अब दुवै दलबिच सहमतिको एउटा प्रस्ताव तयार हुन्छ । त्यसले संसदमा प्रवेश पाउँछ ।’

एमालेले के नाम प्रस्ताव गर्ने तयारी गरेको छ ? भन्ने पत्रकारहरुको प्रश्नमा राईले केही बोलेनन् । उनले चर्चामा रहेका कोशी, किराँत, लिम्बुवान र सगरमाथा लगायतका नामबाटै सहमति जुटाएर प्रदेशको नामाकरण गरिने बताए । उनले नामाकरणको बिषयले संसदमा प्रवेश पाएपछि मात्रै थप कुरा प्रष्ट हुने जानकारी दिए । उनले भने, ‘पहिचान वा भुगोल के का आधारमा प्रदेशको नामाकरण हुन्छ ? भन्ने बिषय छलफलमा छ । तर, पहिचानको आधारमा प्रदेश १ को नाम राख्न मिल्दैन भन्ने कुरा चाँही गलत हो । प्रदेश २ लाई उदाहरणको रुपमा लिन सकिन्छ ।’

प्रदेश १ को नामाकरणको विषयमा छलफलका निम्त्ति प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले भने पूर्व मन्त्रीहरु हिक्मत कार्की, जीवन घिमिरे, जगदिश कुसियैत र उषाकला राई तथा सांसद अर्जुन राई सम्मिलित कार्यदल गरेको थियो । केही दिनयता प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि प्रदेश १ को नामाकरणका निम्त्ति एमालेकै नेतृत्वमा संयन्त्र निर्माणको प्रस्ताव गरेका थिए । हाल प्रदेशसभाका सांसदहरुले समेत यही अधिवेशनबाट प्रदेशको नामाकरण गर्नुपर्ने बिषयमा जोड दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्