पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि

<span class='c1'>पाकिस्तानमा २० दिनमा तीन</span> <span class='c2'>पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि</span>

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको छ ।

यो बीचमा झण्डै २९ प्रतिशत मूल्य बृद्धि भएको पाइएको अधिकारीहरुले जनाएका छन् । देशका अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार फेरि मूल्य बृद्धि भएको घोषणा गर्नुभएको हो ।

विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उहाँको भनाई छ । उहाँले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

उहाँले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाउनुभयो ।

गत मे २६ मा १४४.१५ पाकिस्तानी रुपैँया रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत बृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैँया पुगेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैँयामा पुगेको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी मट्टीतेलको मूल्य मे २६ मा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११.४३ पाकिस्तानी रूपैया पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्